२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इंग्ल्याण्ड र फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश


507
Shares

काठमाडौं । फ्रान्स र इंग्ल्याण्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता फ्रान्सले पोल्याण्डलाई तथा इंग्ल्याण्डले सेनेगललाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

फ्रान्सले प्रि–क्वाटरफाइलन अन्तर्गत आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३–१ ले हराएको हो ।

फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

खेलको ४४ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाएका थिए । उनले केलियन एम्बाप्पेको पासमा सहज गोल गरे । ७४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाए । यसैगरी, इन्जुरी समयमै पोल्याण्डका लेवान्डोस्कीले गोल गरेपनि फ्रान्स ३–१ ले विजयी भयो ।

यसैगरी, आइतबार राति भएको अर्को खेलमा सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड पनि क्वाटरफाइलनमा पुगेको हो ।

खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए । ५७ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३–० को जित दिलाए ।

अब इंग्ल्यान्ड र फ्रान्स दुवै टीमको भेट भने क्वाटरफाइनलमै हुने छ ।