३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


देशका केही भागमा आंशिक बदली हुने


26
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज (मंगलबार) बिहान प्रदेश-१ को पहाडी भू-भागमा तथा उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो भने प्रदेश-१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

मंगलबार राति भने प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।