
काठमाडौं । नाइजेरियामा बन्दुकधारी समूहले एउटा मस्जिदमा आक्रमण गरी १३ जना मुस्लिम उपासकहरूलाई अपहरण गरेको छ ।
नाइजेरियाको कट्सिना राज्यको मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमणम गरी १९ जनाको अपहरण गरेकोमा ६ जनालाई भने अपहरण मुक्त गरिएकाे हाे । साेही घटनामा २ जना घाइते भएका छन् । उत्तरपश्चिम र मध्य नाइजेरियामा डाकुहरू भनेर चिनिने आपराधिक गिरोहले आक्रमण गरेको खुलासा भएको छ ।
सोही समूहले पछिल्लो समय नाइ्जेरियाका गाउँ-गाउँमा छापा मारी पशुचौपाया चोर्ने गरेका थिए । अपहरण गरिएकाहरुको अवस्था भने अज्ञात रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्