
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ४ सय रूपैयाँले बढेर ९९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने सोमबार १५ रूपैयाँले बढेर १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्