१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जर्मनीमा अन्धाधुन्द छुरा प्रहार : १४ वर्षीया किशोरीको मृत्यु, १३ घाइते


1.04k
Shares

काठमाडौं । जर्मनीमा एक ब्यक्तिले अन्धाधुन्द छुरा प्रहार गर्दा १४ वर्षीया किशोरीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

जर्मनीको शरणार्थी शिविरमा रहँदै आएको २७ वर्षीय ती ब्यक्तिले भीडमा अन्धाधुन्ध छुरा प्रहार गरेका हुन् । सोही क्रममा गम्भीर घाइते भएकी किशोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घटना लगत्तै शरणार्थी शिविरमा भागेका आक्रमणकारीलाई पक्राउ गरिएको छ । घटनाको योजना बनाएको आशंकामा अन्य २ जना पनि पक्राउ परेका छन् ।

मृत्यु हुने किशोरी विद्यालय जान सडकमा उभिरहेको बेला छुरा प्रहारको शिकार भएकी थिइन ।