
एजेन्सी । भारतीय अभिनेत्री बीना रायले नायिका बन्न भोक हडताल गरेकी थिइन् । साे कुराको खुलासा उनको मंगलबार १३ औं पुण्यतिथिको अवसर पारि भारतीय सञ्चार माध्यामले गरेका छन् ।
धेरै सुन्दर र अद्भुत कलाकार बीना भारतीय फिल्मको थोरै महिलाहरू मध्ये एक थिइन् जसले सबै कुरा एक्लै र आफ्नो मर्जीले गर्ने गर्दथिन् ।
सन् १९४०–४५ को दशकमा भारतमा जब महिलाहरूले फिल्ममा काम गर्नुलाई निकै नराम्रो मानिन्थ्यो तब बिना रायले आफ्नो परिवारका सदस्यविरुद्ध र्नै फिल्ममा अभिनय गर्न पाउँ भन्दै भोक हड्ताल गरेकी थिइन् ।
पहिलो फिल्म सन् १९५१ मा आयो र उनी एक स्टार बनिन् । नयाँ फिल्मका लागि अफरको लाइन लागेको थियो तर, बीनाले विवाहको निर्णयले सबैलाई चकित पारिन् ।
पहिलो फिल्म रिलिज भएको दिन उनले अभिनेता प्रेमनाथसँग इन्गेजमेन्ट गरिन् । उनी क्लासिक प्रेमकथा अनारकलीमा अनारकली बनेकी थिइन् । उनी त्यतिबेला सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री थिइन् ।
सन् १९५०–६० को दशकमा उनले एउटा फिल्मका लागि डेढ लाख रुपैयाँसम्म पारिश्रमिक लिन्थिन्, तर, करियरको उचाइमा पुगेपछि उनले परिवार र सन्तानको लागि बलिउड छोडिन् ।
६ डिसेम्बर सन् २००९ मा ७४ वर्षको उमेरमा बीनाको हृदयघातका कारण निधन भएको थियो ।
.
प्रतिक्रिया दिनुहोस्