
कैलाली । सात नम्बर प्रदेश सरकारले निर्मला पन्त हत्या प्रकरणमा सम्बद्ध सबै पक्षलाई संयमित बन्न आग्रह गरेको छ ।
शुक्रवार गोली लागेर एक बालक मारिएपछि शनिकार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले कञ्चनपुरसहित सम्पूर्ण जिल्लावासीलाई यस्तो आग्रह गरेको हो ।
बालक सन्नी खुनाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मन्त्रिपरिषदले शान्ति सुव्यवस्था कायम राखी थप जनधनको क्षति हुनबाट रोक्नमा सहयोग पुर्याउन प्रदेशवासीलाई अपील गरेको हो ।
घटनाप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मृतकका परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति उपलब्ध गराउने पनि जनाएको छ ।
घाइते भएका सर्वसाधारण र सुरक्षाकर्मीको आवश्यक उपचार खर्चको व्यवस्था पनि मिलाइने बैठकले निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्