१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दीपिकाले फिफा विश्वकपको स्टेडियममा ट्रफी अनावरण गर्ने


1.17k
Shares

एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतारमा भइरहेको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् ।

यतिबेला सारा विश्व फिफा विश्वकपको खेलमा रमाइरहेको छ । सबैले आफ्नो मनपर्ने टोलीलाई समर्थन गरिरहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार कतारमा जारी फिफा विश्वकपमा ट्रफी अनावरण गर्ने जिम्मेवारी दीपिकाले पाएकी छन् ।

यसैसाता जारी विश्वकपको फ्यान फेस्टिभलमा बलिउड अभिनेत्री नोरा फतेहीले नृत्य र गायन प्रस्तुत गरेकी थिइन् । योसँगै नोरापछि अब दीपिका फिफा विश्वकप समापन समारोहमा देखिने भएकी छिन् । फिफा विश्वकप १८ डिसेम्बर अर्थात पुस ३ गते अनावरण हुने छ । यसका लागि दीपिका चाँडै कतारतर्फ प्रस्थान गर्ने भएकी छन् ।

दीपिकाले हालै फिल्म फाइटरको सुटिङ सकेकी छन् । यस फिल्ममा उनी ऋतिक रोशनको अपोजिटमा देखिनेछिन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मको कथा पनि सिद्धार्थले नै लेखेका हुन् ।