
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
आज (बुधबार) बिहान देशको पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ । त्यस्तै,बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो भने प्रदेश-१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
बुधबार राति भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्