१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘वेदात मराठे वीर दौडले सात’ को फर्स्ट लुक सार्वजनिक


78
Shares

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले आफ्नो आगामी फिल्म ‘वेदात मराठे वीर दौडले सात’ को फर्स्ट लुक सार्वजनिक गरेका छन् ।

भिडियोमा अक्षय छत्रपति शिवाजी महाराजको भूमिकामा देखिएका हुन् । उनले पहिलाे पटक मराठी फिल्ममा डेब्यु गरेका छन् । अक्षयलाई यो नयाँ भूमिकामा देखेर उनका फ्यानहरू भने निकै उत्साहित भएका छन् । अक्षयले फिल्मको फर्स्ट लुक सामाजिक सञ्जालमा समेत सेयर गरेका छन् । शिवाजीको गेटअपमा अक्षय ड्यासिङ देखिएका छन् । यो भिडियो पोस्ट गर्दै उनले लेखेका छन्–जय भवानी, जय शिवाजी ।

अक्षयको यो फिल्मकाे निर्देशक भने महेश मांजरेकरले गरेका छन् । यो फिल्म सन् २०२३ को दिपावलीको अवसरमा रिलिज हुने भएकाे छ । यो मराठी बाहेक हिन्दी, तमिल र तेलुगु भाषामा समेत रिलिज गरिने भएकाे छ ।

फिल्ममा अक्षयका अलावा जय दूधने, उत्कर्ष शिन्दे, विशाल निकम, हार्दिक जोशी, सत्या, नवाव खान र प्रवीण तरडे जस्ता कलाकारहरूको अभिनय रहने भएकाे छ ।