
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न सरकारी, संस्थान तथा निजी कार्यालयहरूलाई आफ्नो कार्यालय परिसरमा रहेका फोहोर आफैंले सफा गर्न सूचना जारी गरेको छ ।
महानगरपालिकाले आज बुधबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न सरकारी, संस्थान, निजी र गैरसरकारी संस्थाका कार्यालय परिसरमा वर्षाैंदेखि फोहोर थुप्रिएको भन्दै त्यस्तो फोहोर ३५ दिनभित्र आफैंले वयवस्थापन गर्न अल्टिमेटम दिएको हो । महानगरपालिकाले विभिन्न कार्यालय परिसरमा थुप्रिएको फोहोर र पुराना उपकरणका कारण सिंगो नगरकै सुन्दरतामा आँच पुगेकाले निर्धारित अवधिभित्र ब्यवस्थान गर्न भनेको हो ।
फोहोर व्यवस्थापन नगरे कानून अनुसार कारबाही तथा जरिवाना तिराउने चेतावनी समेत महानगरपालिकाले दिएको छ । सरकारी, संस्थान तथा गैरसरकारी संस्थाहरुका कार्यालय परिसरमा वर्षाैंदेखि पुराना गाडी तथा उपकरण र नकुहिने फोहोर थुप्रिएको छ ।
प्रतिक्रिया दिनुहोस्