
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज (बुधबार) बस्दैछ ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १ बजे बस्ने एमाले नेताहरुले जानकारी दिए । महासचिव नेतृत्वको एमाले केन्द्रीय कार्यालय बैठक आम निर्वाचन २०७९ सकिए पछिको पहिलो बैठक हो ।
एमालेको केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् ।बैठकमा निर्वाचनको समीक्षा,समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवार लगायतको विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्