
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो”
योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ ।
“बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो” योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिटान्स पठाउने जिवन रायमाझीलाई “५ तोला सुन”, बेलायतबाट रेमिटान्स पठाउने नुना गुरुङलाई १ तोला सुन कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन हस्तान्तरण गरिएको छ । त्यसैगरी मलेशियाबाट रेमिटान्स पठाउने पुरण रोकालाई १० तोला चाँदी , जापानबाट रेमिटान्स पठाउने रबिन्द्र मानन्धरलाई १० तोला चांदी , कुवेत बाट रेमिटान्स पठाउने सुनिता दराईलाई १० तोला चांदी हस्तान्तरण गरिएको छ । उनीहरुलाई काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सो उपहार हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी अरवस्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम , नेपाली नायिका पूजा शर्मा नेपाल इन्भेस्ट्मेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिती रहेको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो” उपहार योजना घोषणा गरेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजना रहेको थियो । जसअन्तर्गत १ हजार ८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँंदी ) र २ जनाले मासिक उपहार (१/ १ तोला सुन ) जित्न सफल भएका हुन् । उक्त योजना भदौ १५ देखी कार्तिक १५ गते सम्म संचालन भएको थियो ।
सिटी एक्सप्रेसले बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्