१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


फ्लोरा सैनीका पूर्व प्रेमीले कुटपिट गरी बाबुआमालाई मार्ने धम्की दिएको खुलासा


13
Shares

एजेन्सी । भारतीय अभिनेत्री फ्लोरा सैनीले हालै एक अन्तर्वार्तामा उनले आफ्ना पूर्व प्रेमीको बारेमा खुलासा गरेकी छिन् ।

कलाकारहरू फिल्मसँगै आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा रहन्छन् । कतिपय कलाकारको व्यक्तिगत जीवन सामान्य रहेको हुन्छ भने कोही निकै समस्यामा परेका छन् । यसैबीच अभिनेत्री फ्लोरा आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा आएकी छिन् ।

भर्खरै फिल्ममा आफ्नो अभिनय सुरू गरेकी फ्लोराको एक अन्तर्वार्ता सार्वजनिक भएको छ । जसमा उनले आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै रहस्य खुलाएकी छन् ।

भारतीय सञ्चार माध्यमसँगको अन्तरर्वार्तामा उनी एक फिल्म निर्मातासँग प्रेममा रहेको बताएकी छन् । पहिला उनीहरूको प्रेम सम्बन्ध सबै राम्रै चलिरहेको थियो । तर, केही समयपछि निर्माताले आफ्नो व्यवहारमा परिवर्तन गर्न थाले । निर्माताले फ्लोरालाई कुटपिट गरी उनको फोन समेत खसेका थिए ।

यति मात्र नभएर उनले फ्लोरालाई यो सब कसैलाई भने देखि आमाबुवालाई पनि मार्ने धम्की समेत दिएको उनले अन्तरर्वार्तामा बताएकी छन् । कुटपिटबारे बताउँदै फ्लोराले भनिन्, यति धेरै कुटपिट गरे कि मेरो बङ्गारा समेत भाँचियो।

फ्लोरा ओटीटीको गाण्डी बात श्रृंखलामा देखा परेकी छिन्। यो सिरिजबाट फ्लोरा सैनीले निकै चर्चा पाइन् । यसबाहेक राजकुमार रावको फिल्म ‘स्त्री’ मा पनि उनले काम गरेकी छन् ।

यो अन्तर्वार्ता पछि उनको चर्चा अझै बढेको छ ।