७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


जर्मनीमा सरकार उल्टाउने योजना बनाएको आरोपमा २५ जना पक्राउ


507
Shares

एजेन्सी । जर्मनीमा सरकारलाई उल्टाउने योजना बनाएको आशंकामा जर्मनीभर छापा मारेर २५ जना पक्राउ परेका छन् ।

जर्मन रिपोर्टहरूका अनुसार अति दक्षिणपन्थी र पूर्व सैन्य व्यक्तित्वहरूको समूहले संसद भवन, राइक्सटागमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने योजना बनाएको थियो। हेनरिक नामका राजकुमार भनेर चिनिने एक जर्मन व्यक्ति योजनाको केन्द्रबिन्दु रहेको आरोप लगाइएको छ।संघीय अभियोजकहरूका अनुसार उनी ११ जर्मन राज्यहरूमा छापा मार्दा पक्राउ परेका दुई कथित प्रमुख नेताहरूमध्ये एक हुन्। जो लामो समयदेखि हिंसक आक्रमण र जातिवादी षडयन्त्र सिद्धान्तहरूका कारण जर्मन पुलिसको नजरमा रहेका थिए ।

जर्मनीको संघीय अभियोजकको कार्यालयका प्रवक्ताका अनसार देशका धेरैजसो ठाउँमा छापा मारिएको थियो र अस्ट्रिया र इटालीमा दुई जनालाई पक्राउ गरिएको थियो । उक्त समूहले नोभेम्बर २०२१ देखि हिंसात्मक विद्रोहको योजना बनाइरहेको थियो। तर त्यसलाई रोक्न जर्मन प्रहरी सफल भएको छ ।