
काठमाडौं । जर्मन सरकारले अति दक्षिणपन्थी समूहबाट सत्ता विद्रोहका लागि भइरहेको योजना बिफल बनाएको दावी गरेको छ।
जर्मन प्रहरीले त्यस्तो तयारीमा रहेको समूहका २५ जनालाई पक्राउ समेत गरेको हाे । रुसको सहयोगमा जर्मन संसदसहित देशैभर आक्रमण गरी सत्ताविद्रोह गर्ने योजना बिफल बनाएको दावी जर्मन अधिकारीहरूले गरेका छन्।
सत्ताद्रोहको तयारीमा रहेका समूहको खोजीका लागि बुधबार एउटै समयमा देशका ११ वटा प्रान्तका १ सय ३० वटा शहरमा हमला गरेको जनाइएको छ । सोही समूहले संसदमा पनि हिंसात्मक आक्रमण गर्ने तयारी गरिरहेको दावी पनि अधिकारीहरूले गरेका छन् ।
पक्राउ परेकाहरूमा २२ जना जर्मन र ३ जना उनीहरुलाई सहयोग गरिरहेका रुसी नागरिक भएको जनाइएको छ । उनीहरू सबै भारी मात्रामा हतियारबाट सुसज्जित रहेको जनाइएकाे छ । सत्ता विद्रोहका लागि साेही समूहलाई रुसी संस्थापनको सहयोग छ वा कुनै समूहको भन्ने चाहीँ नखुलेको जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्