
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज (बिहिबार) बिहान प्रदेश-१ का पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहिबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
बिहिबार राति भने प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्