१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अभिनेत्री अनु अग्रवालले आफ्नो सन्यासी जीवनबारे गरिन् खुलासा


8.164k
Shares

एजेन्सी । भारतीय अभिनेत्री अनु अग्रवालले हालै आफ्नो आध्यात्मिक यात्रा (सन्यासी जीवन) को बारेमा खुलासा गरेकी छिन् ।

उनले यो कुरा भारतीय संचारमाध्यमको एक अन्तर्वार्तामा बताएकी हुन् । अन्तर्वार्तामा अनुले आफूले भिक्षुको जीवन बिताइरहेका दिनहरूको बारेमा खुलासा गरेकी छिन् । अनु सो समय चिसो मौसममा पनि २ जोडी कपडामा बस्ने गर्दथिन् । त्यहाँको जनजीवन सामान्यभन्दा फरक रहेको अनुले बताइएकी छन् ।

आफ्नो पुरानो जीवनको बारेमा कुरा गर्दै अनुले भनिन्, ‘जब म भिक्षुको जीवन बिताइरहेको थिएँ, हामी त्यहाँ ५ डिग्री तापक्रममा बस्ने गर्दथ्यौं । त्यहाँ तातो चिसोको लागि गीजर थिएन, मसँग मेरो झोला, २ जोडी लुगा र स्वेटर मात्र थियो। एउटै लुगा लगाएर धेरै वर्ष बिताएको छु ।’

अनु भन्छिन्, ‘भिक्षु हुनुको जीवन अन्य जीवन भन्दा बिल्कुलै फरक थियो।’ अनुले त्यपछि आशिकी फिल्ममा काम गरिन् । त्यस फिल्म पश्चात अनु रातारात स्टार बनेकी थिइन् । तर, अचानक उनी फिल्म इन्डस्ट्रीबाट हराइन् ।

उक्त फिल्म पछि उनले कुनै फिल्ममा काम नगरेको समाचारमा उल्लेख गरिएको छ ।