१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीमा प्लास्टिकजन्य वस्तुकाे बिक्री वितरणमा रोक


78
Shares

कैलाली । कैलालीको धनगढी उप–महानगरपालिकाले सुर्तीजन्य तथा प्लास्टिकजन्य वस्तुकाे बिक्री वितरणमा रोक लगाउने अभियानलाई निरन्तरता दिएको छ ।

उप–महानगरभरी प्लास्टिकजन्य वस्तु बिक्री वितरण नगर्न उपमहानगरले सूचना जारी गरेपछि अभियान सुरू गरेकाे हो । सुर्ती, खैनी, जर्दापान, पानपराग, गुट्खा, प्लास्टिकजन्य वस्तु गिलास र कप झोलाको बिक्री वितरणमा समेत रोक लगाइएको छ ।

आर्थिक वर्ष २०७९/८० लाई सरसफाई वर्षका रूपमा मनाउने उद्देश्यले बजार क्षेत्रमा सुर्तीजन्य पदार्थ र प्लास्टिकजन्य वस्तुमा रोक लगाइएको धनगढी उपमहानगरपालिका प्रशासकीय अधिकृत सुरेन्द्र कार्कीले बताउनुभयाे । धनगढीका विभिन्न व्यवसायिक संस्थानमा अनुगमन गरेको उपमहानगरले प्लास्टिकका झोला र अन्य सुर्तीजन्य वस्तु समेत जफत गरेको उहाँकाे भनाइ छ ।

सार्वजनिक क्षेत्र सडक, खोलानाला र नालीमा फोहर नफाल्न, सडक पेटीमा निर्माण सामग्री, ठेला, पसल नराख्न र जथाभावी पशुचौपाया नबाँध्न पनि उपमहानगरपालिकाले आग्रह गर्दै आएको छ ।