२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मौलिक संस्कृतिलाई बिर्सिए पाश्चात्य संस्कृतिको हाबी हुन्छः मन्त्री रेग्मी


65
Shares

काठमाडौं । भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण गरिएको छ ।

भृकटीको शालिक निर्माण गरी आजबाट भृकुटी फन पार्क उद्घाटनका साथै शालिक अनावरण गरिएको हो । शालिक अनावरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गर्नुभएको थियो । शालिक अनावरणपछि बोल्दै मन्त्री रेग्मीले संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताउनु भयो ।

उहाँले राष्ट्रिय विभूतिहरुलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको पनि बताउनु भयो । मन्त्री रेग्मीले संस्कृतिलाई बिसिर्न थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने भएकाले राष्ट्रिय विभूति र संस्कृतिको संरुक्षणमा जुट्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संस्कृतिलाई हामीले जगेर्ना गर्ने हो भने संस्कृति मासिन्छ । राष्ट्रिय विभूतिहरुलाई चिनाउनु हाम्रो कर्तव्य हो । संस्कृतिलाई बिसिर्न थाले हाम्रो देशमा पाश्चात्य संस्कृतिको मात्रै पेलेर अघि बढ्छ । त्यसैले विभूतिको सम्झनामा ग्रन्थहरु लेख्नुपर्छ । चिनाउने गर्नुपर्छ । हरेक संस्कृतिको धरोहरहरुको खोजि गरेर आफ्नो संस्कृतिको खोजि गर्नुपर्छ ।’

मन्त्री रेग्मीले हरेक संस्कृतिको धरोहरहरुको खोजि गरी संरक्षण संवर्द्धनमा लाग्नुपर्ने अहिलेको आवश्यक्ता भएको बताउनु भयो ।