२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उपत्यकामा आजदेखि मेलम्चीको खानेपानी वितरण गरिदै


195
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आज (शुक्रबार) देखि पुनः वितरण गरिने भएको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालबाट पानी पुनः वितरणको सुरुवात गर्दै हुनुहुन्छ । गत जेठ मध्यदेखि रोकिएको पानी ६ महिनापछि उपभोक्ताका घरघरमा पठाइन लागेको हो । आगामी वर्षायामसम्म मेलम्चीको पानी नियमित रुपमा वितरण हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

२०७७ साल चैतमा पहिलो पटक मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिएको थियो । तर सोही वर्ष जेठ मसान्तमा मेलम्ची खोलामा गएको बाढीले मुहान लगायतका संरचनामा ब्यापक क्षति पुर्याएपछि पानी वितरण रोकिएको थियो ।

गत चैतमा अस्थायी संरचना बनाएर पुनः पानी ल्याइएको थियो । तर जेठकाे मध्यदेखि पानी फेरी बन्द गरिएको थियो ।