१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चोलेन्द्रकाे निलम्बन फुकुवा विरूद्ध परेको रिटकाे सुनुवाई गर्न संवैधानिक इजलास गठन


117
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवा विरुद्ध परेको रिटमा सुनुवाई गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ ।

आज (शुक्रबार) कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् । यो संवैधानिक इजलासले संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जबरालाई निलम्बन फुकुवाको पत्र दिएको विरुद्धमा परेको रिट निवेदनको सुनुवाई गर्नेछ ।

सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा २०७८ फागुन १ गतेदेखि निलम्बनमा रहनुभएको थियो । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिनुभएको छ । त्यसविरुद्ध सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले सोही दिन रिट दर्ता गराउनुभएको थियो ।

जसको पेशी शुक्रबारलाई तोकिएकाले सुनुवाई सुरु भएकाे छ ।