
काठमाडौं । हास्यकलाकारिताका चर्चित जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले छोरीलाई गुन्यू चोलो लगाइदिएका छन् ।
छोरी सुबिहानी कट्टेललाई गुन्यू चोलो लगाइदिएको तस्वीर कुञ्जनाले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् ।
बिहीबार सार्वजनिक गरिएकाे उक्त तस्वीरमा सिताराम, कुञ्जना र छाेरी सुबिहानी निकै खुशी देखिएका छन् ।
सिताराम र कुञ्जनाको एक मात्र सन्तानको रुपमा रहेकी सुबिहानी ९ वर्षकी भएकी छन् ।
प्रतिक्रिया दिनुहोस्