२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पोखरामा पर्वतीय महोत्सव हुने


39
Shares

काठमाडौं । पोखरामा दुई दिन पर्वतीय महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले सातौं संस्करणको महोत्सव शनिबार र आइतबार आयोजना गर्न लागेको हो ।

महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखेर विविध कार्यक्रम गर्ने हुने आयोजकले जनाएको छ ।

खासगरी सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवर्द्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर वृद्धि गर्नका लागि महोत्सव केन्द्रित रहने बताइएको छ । हिमाली क्षेत्रका समस्या र समाधानका विषयमा पनि छलफल हुने छ भने त्यस क्षेत्रका उत्पादनको बजारीकरण गरिने छ ।

संग्रहालयकी निर्देशक निर्मला न्यौपानेले पर्वतीय क्षेत्रमा उत्पादित हुने वस्तु र खेलिने खेललाई प्राथमिकतामा राखिने बताउनुभयो । दुई दिन हुने महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने आयाेजकले जनाएकाे छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसमा यस वर्षकोको नारा ‘वुमन मुभ माउन्टेन’ रहेको छ ।