
काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ ।
शुक्रबारबाट फ्लाइ ओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो । सो फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य रहेको छ । आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले फ्लाइ ओभरको डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको जनाएको छ ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत बिस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ । जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो ।
६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ । कुल ४ सय ५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिनेछ ।
सुरूमा ब्यारेकेडहरू राखेर काम सुरू गरिनेछ । फ्लाइ ओभर निर्माण कार्य सुरु भएसँगै यातायात सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्