
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘क्लिन चिट’ दिनु राजद्रोह हुने दाबी गरेका छन् ।
संघीय संसदका महासचिव महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै थापाले यस्तो दाबी गरेका हुन् ।
थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र र उनलाई निलम्बन फुकुवा पत्र दिने संसदका महासचिव भरतराज गौतमबीच दूषित जालसाजीपूर्ण मिलेमतो रहेको आरोपसमेत लगाए ।
प्रतिक्रिया दिनुहोस्