
काठमाडौं । बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएकाे छ ।
अभिवक्ता केदार लुईंटेलले बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।
निर्वाचन आयोगमा निवेदन दर्ता गराउदा समेत बहुविवाह गरेका व्यक्तिहरुलाई समानुपातिकको सूचिबाट हटाउने निर्णय नभएको दायर रिटमा उल्लेख छ ।
रिट निवेदनमा बहुविवाह गरी समानुपातिकको सूचीमा परेका व्यक्तिहरु, निर्वाचन आयोग तथा सम्बन्धित राजनीतिक दलहरुलाई समेत विपक्षी बनाइएको छ ।
कानुनले कसूरदार मानेका व्यक्तिहरुलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन र उनीहरुमाथि कानुन बमोजिम कारबाही गर्न समेत रिट निवेदनमा माग गरिएको छ।
सो रिटमा आइतबार सुनुवाई हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्