२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अहिलेको संसदीय व्यवस्था जनताको हितमा छैन : विप्लव


169
Shares

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको बताउनुभएको छ । कपिलवस्तुमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालका संसद्‍वादी दलहरु जनचाहनाअनुरुप काम गर्ने चाहना नराखिरहेको स्पष्ट भएको पनि बताउनु भयो । महासचिव चन्दले वि.सं.२००७ सालदेखिका आन्दोलनहरु, एकीकृत क्रान्ति, जनयुद्ध सारा चिजलाई नयाँ शिराबाट, नयाँ आधारबाट विश्लेषण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँले देशलाई वास्तविक रुपान्तरणतिर लैजानुपर्ने बेला भएको बताउनु भयो । महासचिव चन्दले अहिलेको संसदीय व्यवस्था आधारभुत रुपले जनताको निम्ति हितकर नभएको उल्लेख गर्दै अहिलेको संसदीय व्यवस्था संकटग्रस्त र असफल सावित भइसकेको दाबी गर्नुभयो ।

उहाँले नेपालमा परिवर्तनको पक्षमा जनताले चाहेको वहस गर्न आवश्यक रहेको पनि बताउनु भयो । महासचिव चन्दले देशका नेता र कार्यकर्ता आत्मनिर्भर नभएसम्म देशको नेतृत्व गर्न नसक्ने बताउनु भयो ।

उहाँले नेपालमा एकीकृत जनक्रान्तिको आवश्यक्ता रहेको पनि बताउनु भयो । पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएका बेला राज्यले आर्थिक स्थिति बलियो बनाउनका लगि विशेष नीति ल्याउन आवश्यक भएको पनि बताउनु भयो ।