८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


थप ५ जना कोरोना संक्रमण


91
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ सय २५ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ सय ९७ जनाको पीसीआर र ६ सय २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार १४ जना संक्रमणमुक्त भएका छन् भने देशभर ५१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।