१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले समर्थन मूल्य नतोक्दा किसान पुरानै भाउँमा उखु बेच्न बाध्य


26
Shares

परासी । सरकारले समर्थन मूल्य नतोक्दा नवलपरासीका किसानले चिनी उद्योगलाई पुरानै भाउमा उखु बेच्न बाध्य भएका छन् ।

नवलपरासीमा लुम्बिनी, बाग्मती र इन्दिरा चिनी उद्योग सञ्चालनमा छन् । लुम्बिनीबाहेक दुई उद्योगले मंसिरको पहिलो सातादेखि किसानसँग उखु खरिद गरेर क्रसिङ्ग सुरु गरिसकेका छन् ।

सरकारले यस वर्षको समर्थन मूल्य नतोकेका कारण पुरानै समर्थन मूल्यमा उखु खरिद गरेर उद्योग चलाएको बाग्मती चिनी उद्योगका प्रबन्धक टंक काफ्ले बताउनुभयो । गतवर्ष सरकारले अनुदानबाहेक प्रति क्विण्टल ५ सय २० रुपैयाँ समर्थन मूल्य तोकेको थियो ।

चिनी उद्योगले लामो समयदेखिको रकम भुक्तानी नगरेपछि जिल्ला प्रशासन कार्यालय नवलपरासीले उद्योग सञ्चालकलाई ठगी मुद्दा चलाएर किसानको रकम तिराएको थियो ।

अघिल्ला वर्षहरूमा भुक्तानीको पिरलोले उखु लगाउन छाडेका किसानहरूले भुक्तानी पाएपछि भने उखु खेती बढाएका छन् ।