
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट तीन करोड बढी राजस्व सङ्कलन गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म प्रवेश शुल्कबाट ३ करोड ६२ लाख ७ हजार राजश्व सङ्कलन गरेको हो ।
चालु आर्थिक वर्षको मङ्सिर २० गतेसम्ममा १५ हजार ३ सय १३ पर्यटक खुम्बु भित्रिएको गाउँपालिकाको तथ्याङ्क छ ।
जसमा साउन महिनामा २ सय ३ जना, भदौमा ६ सय ६१ जना, असोजमा ५ हजार ६ सय २९ जना, कात्तिकमा ७ हजार ७ सय ८६ जना र मङ्सिर १५ गते सम्ममा १ हजार ३४ जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्