१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेको सचिवालय बैठक बस्दै


559
Shares

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज शनिबार बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेको हो ।

शुक्रबार नै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर शनिबारका लागि सारिएको थियो ।

बैठकमा समानुपातिकतर्फका सांसदको छनौट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गरेको एमालेले प्रतिनिधि सभामा समानुपातिकबाट ३४ सिट पाएको छ ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरुलाई पत्र पठाउँदै ३ दिनभित्र बन्द सूचीमा रहेका नामबाट समावेशी सिद्धान्त अनुसार सांसद बन्नेहरुको नाम दिन भनेको थियो ।