१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दलहरूलाई समानुपातिक सांसद छान्ने आज ४ बजे सम्मको समयसीमा

'समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दलहरुलाई सकस'

117
Shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज शनिबार दिउँसो चार बजे सकिँदैछ । तर, राजनीतिक दलहरुले भने सांसदको टुंगो लगाउन सकिरहेका छैनन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् । जनमत, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् ।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले ३४ पाएको छ । यसैगरी, ३२ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेस रहेको छ भने माओवादी केन्द्रले १४ र राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ ।

यस्तै, राप्रपाले ७, जसपाले ५ र जनमतले ५ सिट पाएका छन् ।

यस्तो छ दलहरूले पाएका समानुपातिक सिटको संख्या :