२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाकिस्तानमा एक शपिङ मलमा विष्फोट हुँदा एककाे मृत्यु, ७ घाइते


78
Shares

काठमाडौं । पाकिस्तानको बलुचिस्तानस्थित एउटा शपिङ मलमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

साेही घटनामा ७ जना घाइते भएका हुन् । बलुचिस्तानको अनावर जिल्लाको सपिङ मलमा शनिबार साँझ रिमोट कन्ट्रोलबाट विष्फोट गराइएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् । घाइतेहरुमा धेरै महिला रहेको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बलुचिस्तानमा पृथकतावादी संघर्ष गरिरहेको समूहले विष्फोट गराएको आशंका त्यहाँका अधिकारीहरुले बताएका छन् ।