
गुल्मी । गुल्मीमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
बलात्कारकाे अभियोगमा मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र विक पक्राउ समेत परेका छन् ।
उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विकले ती किशोरीलाई शुक्रबार बिहान जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्