१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष महतोद्वारा पद तथा गोपनियताको सपथ ग्रहण


182
Shares

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ।

डा.महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथागोपनियताको सपथ ग्रहण गर्नुभएको हाे ।
उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समितिका सदस्य एवं प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२ औ सञ्चालक समितिको बैंठकले डा महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

राष्ट्रिय एंव अन्तर्राष्ट्रिय स्तरमा सफलउद्यमीको छवि बनाइसक्नु भएका डा.महतो “गैर आवासीय नेपाली संघ”का संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।