
एजेन्सी । भारतीय अभिनेत्री दिशा पटानी आफ्नो कार्यव्यस्तता भन्दा व्यक्तिगत जीवनका कारण चर्चामा छिन् ।
यतिबेला उनी प्रेम सम्बन्धमा रहेको खबर भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । केही महिनायता उनी अलेक्जेन्डर एलेक्ससँग डेटिङमा छिन् । पार्टी होस् या जिममा उनीहरु सँगै देखिन्छन् । यही कारणले यी दुईबीच के चलिरहेको छ भनेर फ्यानले सोधिरहेका छन् ।
पूर्वप्रेमी अभिनेता टाइगर श्राफसँग ब्रेकअपपछि दिशा र अलेक्जेन्डरको रोमान्स हेडलाइन बन्न थालेको हो । यी दुई सामाजिक सञ्जालको पोस्टहरू पनि एकअर्कालाई ट्याग गर्छन् ।
हालैको एक अन्तर्वार्तामा अलेक्जेन्डरले दिशा र आफूबीचको सम्बन्धबारे खुलेर कुरा गरेका छन् । सन् २०१५ देखि नै आफूहरुबीचको मित्रता गहिरो बन्दै गएको कुरा अलेक्जेन्डरले उल्लेख गरेका छन् । कैयौं समयसँगै बिताएको र घरमै डिनर-लञ्च लिने गरेको उनले बताएका छन् ।
उनले आफू साइबेरियाको बासिन्दा भएता पनि सात वर्षदेखि भारतमा बसिरहेको बताएका छन् । अलेक्जेन्डरले दिशासँगको लिंकअपबारे भने, ‘केही सातादेखि मानिसहरुले हाम्रो व्यक्तिगत जीवनबारे कसरी चासो लिइरहेका छन् भन्ने मैले देखिरहेको छु । हाम्रो जीवनमा हस्तक्षेप गरेर उनीहरुले के चाहन्छन् भन्ने मैले बुझेको छैन् । किन मानिसले हामीलाई शान्तिपूर्वक बस्न दिंदैनन् ।’
प्रतिक्रिया दिनुहोस्