१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप


5.174k
Shares

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन्

गाउँपालिका–३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर नौजना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गएराति नौ बजेको समयमा झडप भएको र झडपमा परी एमालेका चार र माओवादीका पाँचजना कार्यकर्ता घाइते भएका हुन ।

घटना हिजोको भएपनि सोमबार मात्रै जानकारी आएको प्रहरीले जनाएको छ । घाइते हुनेमा वडा नम्बर– ३ बस्ने एमाले समर्थक ४२ वर्षीय जालपा बोहोरा, ३८ वर्षीय भद्र बोहोरा, कृष्णजंग बोहोरा, ५० वर्षीया शान्ता बोहोरा र माओवादी समर्थक सोही वडाकै वर्ष ५९ वर्षीय बिर्ख बोहोरा, १८ वर्षीय लक्ष्मण बोहोरा, ५४ वर्षीय गोरसिंह बोहोरा, २६ वर्षीय पविन्द्र बोहोरा र २१ वर्षीय जगत बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार मादक पदार्थ सेवनका कारण झडपको स्थिति सिर्जना भएको हो । झडपमा गम्भीर घाइते भएका चार जना एमाले कार्यकर्तालाई हेलिकोप्टर चार्टर गरेर उपचारका लागि काठमाडौं लगिएको छ । त्यसैगरी माओवादी समर्थक पाँचजना सामान्य घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरी घर फर्किएको उहाँले बताउनुभयो । उपचारका लागि काठमाडौ लगिएका चार जनाको स्वास्थ्यावस्था खतरामुक्त छ ।

प्रहरीका अनुसार सामान्य विषयमा विवाद हुँदा हात हालाहालको स्थिति आएको थियो घाइते अधिकांशको टाउकोमा चोट लागेको छ ।