
काठमाडौं । भारतीय र चिनियाँ सैनिकबीच फेरि झडप भएको छ । अरुणाचल प्रदेशको हिमाली भेग थवाङमा दुई देशका सैनिकबीच गत शुक्रबार झडप भएको खुलासा भएको हो ।
घटनामा दुवैतर्फ सैनिकहरु घाइते भएको तर हताहति नभएको खबर छ ।
चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशको हिमाली क्षेत्र थवाङमा चिनियाँ सैनिकहरु भारतफर्त प्रवेश गर्न खोजेपछि गत शुक्रबार झडप भएको खुलासा भएको हो ।
१७ हजार फिटको उचाईबाट चिनियाँ सैनिकले सिमा पार गर्न खोजेपछि झडप भएको भारतीय संचार माध्यमहरुको भनाइ छ ।
तीन सयको संख्यामा रहेका चिनियाँ सैनिकलाई भारतीय सेनाले लखेटेको दाबी पनि भारतीय सञ्चार माध्यमले गरेका छन् ।
गत वर्ष अक्टुबरमा पनि सोही क्षेत्रमा दुई देशका सेनाबीच झडप भएको थियो । सन् २०२० को अगस्टमा पनि भारतीय र चिनियाँ सैनिकबीच गलवान उपत्यकामा झडप भएको थियो । सोही वर्ष मे मा लद्दाखमा झडप हुँदा दुवैतर्फका सैनिकहरु मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस्