१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फिल्म ‘आरआरआर’ गोल्डेन ग्लोब अवार्डको लागि मनोनित


221
Shares

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले प्रतिष्ठित गोल्डेन ग्लोब अवार्डमा मनोनित भएको छ ।

यो मनोनयन सर्वोत्कृष्ट गैर अंग्रेजी चलचित्रको विधामा दिइएको हो । सन् २०२३ को जनवरीमा हुने गोल्डेन ग्लोब अवार्डको यो वर्गका लागि विश्वभरका ५ फिल्म दौडमा छन् ।

हिन्दी फिल्म गंगुबाई काठियावाडी, कन्नड फिल्म कान्तारा र ओस्कार चेलो शोमा भारतको आधिकारिक प्रवेश पनि यस दौडमा थिए तर, आरआरआरले मात्र मनोनयन पाएको थियो ।

यस विधामा मनोनित भएका अन्य चार फिल्महरू ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ (जर्मनी), ‘अर्जेन्टिना १९८५’ (अर्जेन्टिना), ‘क्लोज’ (बेल्जियम) र ‘डिसिजन टु लीभ’ (दक्षिण कोरिया) हुन् ।

आरआरआर यतिबेला जापानमा रिलिज भएको यो फिल्मले धेरै कमाइ गरेको छ । आरआरआरलाई निर्माताहरूले स्वतन्त्र प्रविष्टिको रूपमा ओस्करमा पठाएका छन् ।

आरआरआर दक्षिण भारतका दुई स्वतन्त्रता सेनानी कोमाराम भीम र अल्लुरी सीताराम राजुको कथामा आधारित छ ।

मार्चमा रिलिज भएको ‘आरआरआर’ मा राम चरण र जुनियर एनटीआरले मुख्य भूमिकामा थिए । यसका अलावा फिल्ममा आलिया भट्ट, अजय देवगन र श्रिया सारमको पनि महत्वपूर्ण भूमिका रहेको छ ।