
web pic
काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्यान्डको दुर्गम स्थानको एउटा घरमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी ३ जना हत्या गरेका छन् । यस्तै, घटनामा दुई जना घाइते भएका छन् ।
मारिनेमा दुई जना प्रहरी अधिकारी र एक सर्वसाधारण रहेका छन् ।
ब्रिस्बेनदेखि २७० किलोमिटर पश्चिममा रहेको बिएमबिल्लामा हराईरहेका एक जना व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीमाथि गोली प्रहार गरिएको हो ।
गोली प्रहार लगत्तै फरार रहेका बन्दुकधारीहरुको खोजिका लागि प्रहरी र विशेष फौजलाई हवाई सहयोग दिने पोल एयर पनि परिचालन गरिएको छ ।
घटनापछि अष्ट्रेलिया सरकारले त्यहाँका स्थानीयलाई अर्को सूचना जारी नभएसम्म घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्