१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


झापामा खेत-खेतमा बिजुली


1.053k
Shares

झापा । झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पुर्‍याउन सुरू गरेको छ ।

किसानका लागि दिगो सिँचाइ प्रणाली अन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत–खेतमा विद्युत सुविधा पुर्‍याउन लागेको हो ।

गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गत आर्थिक वर्षमा एक सय किसानको खेतमा विद्युत् सुविधा उपलब्ध गराइसकेको र चालु आर्थिक बर्षमा थप एक सय ५० किसानको खेतमा विद्युत पुर्‍याउने काम धमाधम भइरहेको जानकारी दिनुभयो ।

खेत–खेतमा बिजुली पुर्‍याउन सात सयवटा बिजुलीका पोल खरिद गरिएको पालिकाले जनाएको छ । पालिकाले सिँचाइमा खपत हुने बिजुलीको बिल र विद्युतीय उपकरणको आधा लागत अनुदानमा उपलब्ध गराउँदै आएको छ ।

किसानलाई ट्युबवेल र मोटर खरिदका लागि ५० प्रतिशत अनुदान पालिकाले दिँदै आएको छ ।