
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सय रूपैयाँले घटेर एक लाख रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार ३९० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्