२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


आयोगले आज निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै


52
Shares

काठमाडौं । निर्वाचन आयोगले यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आज बुधबार घोषणा गर्ने भएको छ ।

आयोगले बुधबार दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागेको हो । निर्वाचनका सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकोमा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाउने र सूचीमा हेरफेर गर्ने काम समेत सकिएको छ ।

अन्तिम मत परिणाम सार्वजनिक गरेपछि आयोगले निर्वाचन सम्पन्न भएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएकाे छ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ ।