
फाइल तस्वीर
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत कुनै पनि व्यक्ति, समूह र संस्थााई जुवा नखेल्न आग्रह गरेकाे छ ।
यदि जुवा खेलेकाे पाइएमा बैंक खाता रोक्का गरिदिने चेतावनी समेत राष्ट्र बैंकले दिएको हाे । विश्वकप फुटबल चलिरहेको बेला विभिन्न अनलाइन मार्फत जुवा तथा बेटिङ भईरहेको आशंकामा राष्ट्र बैंकले यस्तो चेतावनी जारी गरेको हो ।
कुनै व्यक्ति, समूह वा संस्था अनलाइन जुवा तथा बाजीमा संलग्न भएको पाइएमा उनीहरुको बैंक खाता, मोबाइल वालेट लगायतका कारोबार रोक्का गरिने राष्ट्र बैंकको भनाइ छ । राष्ट्रबैंकले अनलाइन र वालेट सेवा संचालक कम्पनीहरुलाई पनि त्यस्ता क्रियाकलापहरूको निगरानी गर्न समेत आग्रह गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्