
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार पनि वर्तमान पाँच दलीय गठबन्धनकै बन्ने बताउनु भएको छ ।
बुधबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारी बैठकमा अध्यक्ष दाहालले अहिलेकै गठबन्धनले निरन्तरता पाउने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले सत्ता गठबन्धनमा रहेको नेपाली काँग्रेसको संसदीय दलको नेता चयन भएपछि नयाँ सरकार निर्माणको काम तीब्र गतिमा अघि बढ्ने उल्लेख गर्नुभयो । उहाँले सरकार कसको नेतृत्वका बन्ने भनेर गठबन्धनमा रहेका दलहरुबीच अहिलेसम्म छलफल नभएको दाबी गर्नु भयो ।

तर दाहालले आवश्यक परे माओवादीले सरकारको नेतृत्व गर्नु पर्ने स्थिति पनि आउन सक्ने र त्यसका लागि पछि नहट्ने भनाई पनि नेता कार्यकर्ता समक्ष राख्नु भएको एक माओवादी नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्