
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रहरुले सरकारले आफूलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताउनुभएको छ ।
आज (बुधबार) नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार र निजी क्षेत्र एक-अर्काका परिपूरक भएकाले सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्ने नगरेको स्पष्ट पार्नुभयो । उहाँले निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्वपूर्ण पाटोको रुपमा सोचेको बताउनुभयो ।
अर्थमन्त्री शर्माले नीतिमा नै सरकार र निजी क्षेत्र बीचको सम्बन्धका बारेमा उल्लेख गरिएको भन्दै तत्काल परेका समस्याहरुमा समाधानका लागि छलफल गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले मयानुसारको नीतिहरुको निर्माण गर्दै जान र नीतिहरु निर्माणमा लचकता अपनाउन सरकार तयार रहेको बताउनुभयो ।
अर्थमन्त्री शर्माले तीब्र आर्थिक विकासको जन चाहना आवश्यक्ता रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई गुणात्मक रुपले विकास गर्नु चलायमान बनाउने चुनौती रहेपनि सरकार त्यसमा लागिपरेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा आउने समस्या र चुनौती आन्तरिक मात्र नभएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय प्रभावका कारण पनि अर्थतन्त्रमा संकुचन भएको बताउनुभयो ।
उहाँले उत्पादनलाई अझ बढी बिस्तार गरी निर्यातमुखी अर्थतन्त्रमा देशलाई लैजानुपर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले निर्यात गर्ने सबै वस्तुको उत्पादनमा प्राथमिकता दिन जरुरी रहेको पनि बताउनुभयो । उहाँले नीति निर्माण राम्रा भएपनि नीतिहरुलाई परिणाममा लैजान कार्यान्वयन क्षमता नै आजको मुख्य आवश्यक्ता रहेको बताउनुभयो । उहाँले नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइरहेको बताउनुभयो ।
मन्त्री शर्माले निर्यात गर्नसक्ने वस्तुहरुको प्राथमीकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । सरकारी संरचनालाई गतिशील, पारदर्शी र क्षमतायुक्त बनाउन आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्