२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक


351
Shares

काठमाडाैं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

आयोगले बुधबार पत्रकार सम्मेलन गरी प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको नतिजा सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गर्नु भएकाे हाे ।

उहाँले शान्तिपूर्ण तरिकाले सम्पन्न भएकाे निर्वाचनकाे समग्र नतिजा सकारात्मक भएकाे बताउनु भयाे ।

उहाँका अनुसार आयोगले मंसिर २९ गते राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने छ । त्यस्तै उहाँले पुस २ गते सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयाे।