
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।
अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै उहाँले आवश्वक परे माओवादीले पनि यसको नेतृत्व लिने अवस्था आउन सक्ने दावी गर्नुभयो ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रममा सहभागी हुने क्रममा दाहालले पोखरामा पार्टीका केन्द्रीय सदस्य र गण्डकी प्रदेशका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले कांग्रेस दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता लिने र आइपरे माओवादी सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने दाहालले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्