१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


बलिउड अभिनेता ओवराय काठमाडौंमा


1.846k
Shares

काठमाडौं । बलिउडका अभिनेता विवेक ओवराय काठमाडौं आइपुगेका छन् । उनी आफ्ना परिवारसहित फ्लाइ दुवईबाट बुधबार साँझ काठमाडौं आइपुगेका हुन् । उनी होटल सोल्टीमा बसेका छन्। उनी आफ्ना परिवारसहित नेपाल भ्रमणमा आएका हुन् ।

ओबरोयले भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा हुने भेटघाट तथा अभिवादन कार्यक्रममा सहभागी हुने बताएका छन् । उनले सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिनाथलगायतका अन्य ठाउँको भ्रमण गर्नेछन्।

यसअघि उनले भिडिओ सन्देश जारी गर्दै आमाबुवा, श्रीमती प्रियंका अल्वा, छोरा विवान र छोरी अमेयासँग नेपाल आउने बताएका थिए।